सोसल मिडिया
Contact Us
युनिकोड
बाजुरा । बाजुराको सदरमुकाम मार्तडीमा भीषण आगलागी भएको छ । बडीमालिका नगरपालिका–८ का स्थानीय प्रकाश थापाको कम्पेलेक्स डिपार्टमेन्टल स्टोरमा मंगलबार दिउँसो करिब सवा १२ बजेतिर आगलागी भएको हो । बिजुलीको तार सर्ट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीबाट करोडौं रूपैयाँको क्षति भएको प्रहरीको अनुमान छ । क्षतिको एकिन विवरण भने प्रहरीले संकलन गरिरहेको छ । बडीमालिका नगरपालिका–८ नयाँ बसपार्क जाने बाटो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योगमा आगलागी भएको हो । आगलागीबाट ग्यारेज सहितकासम्पूर्ण सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी लक्ष्मीराज जोशीले जानकारी दिए । उनका अनुसार,सुरक्षाकर्मी,स्थानीय लगायत पत्रकारको सक्रियतामा आगो नियन्त्रण आएको बताएका छन् । क्षति संकलन गर्ने काम भइरहेको जोशीले जानकारी दिए ।