सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बुवा रामनारायण शाहको सोमबार मध्यह्न निधन भएको छ । शाहको शव आजै अपराह्न बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बालेनको सचिवालयले जनाएको छ । लामो समयदेखि मधुमेहका बिरामी शाहको आज मध्याह्न बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । पछिल्लो समय पिसाब संक्रमण सम्बन्धी समस्याले पीडित थिए । अस्पतालका अनुसार उनको आज मध्याह्न १२ बजेर २० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए । त्यसअघि प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर भेटेकी थिइन् ।