सोसल मिडिया
Contact Us
युनिकोड
सर्लाही । युरोपको रोमानिया कार्यअवसरका लागि पुगेका सर्लाहीका २५ वर्षीय सलिन आले मगरको सडक दुर्घटनामा मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–६ निवासी सलिन करिब १० महिनाअघि रोजगारका लागि त्यहाँको बुखारेस्ट पुगेका थिए र त्यहाँको पान फास्टफुडमा कार्यरत थिए । शुक्रबार साँझ राजधानी बुखारेस्टको काला जिउलेस्ती सडक पार गर्ने क्रममा विपरीत दिशाबाट अत्यधिक वेगमा आएको कारले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको बताइएको छ । प्रहरी प्रशासनलाई उद्धृत गर्दै सो कार १८ वर्षीय रोमानियन युवकले चलाएको बताइएको छ । हाल सलिनको शव बुखारेस्टस्थित कलिनिका दे अर्जेन्ट अस्पतालको शवगृहमा राखिएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शब नेपाल पठाउने तयारी भइरहेको र घटनाबारे परिवारलाई औपचारिक रूपमा जानकारी गराइएको बताइएको छ ।