सोसल मिडिया
Contact Us
युनिकोड
जनकपुर । धनुषामा कारको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ भने उनका श्रीमान घाइते भएका छन् । प्रहरीका अनुसार आइतबार बिहान मिथिला नगरपालिका–२ नकटाझिजस्थित जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३१ च २०३६ नम्बरको कारले साइकलमा सवार दम्पतीलाई ठक्कर दिएको हो । कारको ठक्करबाट साईकलमा सवार जिल्लाकै मिथिला नगरपालिका– १ कि ५५ वर्षीया सुमित्रा देवी महतोको मृत्यु भएको छ । कारको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा उनका श्रीमान् ६० वर्षीय राज कुमार महतो गम्भीर घाइते भएका छन् । अहिले राज कुमारको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको छ । ठक्कर दिने कार र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।