करेन्ट लागेर गौरमा एक बालकको मृत्यु

आइतबार, मंसिर ७, २०८२

रौतहट । रौतहटको गौरमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । गौर नगरपालिका–८ स्थित विरबहादुर साहको नवनिर्मित चार तल्ले घरको छतमाथि खेलिरहेका बालकको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको हो । 
रौतहट प्रहरीका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालका अनुसार सुनिल साहको ५ बर्षीय छोरा रितिककुमार साहको करेन्ट लागेर मृत्यु भएको हो । मौलापुर नगरपालिका–४ पतौरा घर भएर गौर नपा ५ स्थित विरबहादुरको घरमा डेरा गरी बसिरहेपनि उनकै वडा नम्वर ८ मा निर्माण भईसकेका चार तल्ले घरको कौशीमा खलिरहेको अवस्थामा करेन्ट लागेको उनले जानकारी दिए । यस घटना सम्बन्धमा  अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  १२:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार