नाइजेरियामा भएको एम्बुस आक्रमणमा परी १३ प्रहरी मारिए 

मंगलबार, साउन ५, २०७८

कानो (नाइजेरिया) । नाइजेरियाको उत्तरपश्चिमी राज्य जम्फारामा भएको एक एम्बुस आक्रमणमा १३ प्रहरी मारिएका छन् । प्रहरी स्रोतले सोमबार दिएको जानकारी अनुसार बंगुदु जिल्लाको कुरारा मोटा गाउँमा एक प्रहरी कार्यालयमा एम्बुस आक्रमण गरेका थिए ।  यस आक्रमणमा परी १३ जनाको मृत्यु भएको छ ।  उत्तरपश्चिमी नाइजेरियामा आपराधिक गिरोहहरूले आतङ्कित पारेका छन् ।  उनीहरूले गाउँमा छापा  मार्ने, गाईवस्तु चोर्ने, फिरौतीको लागि अपहरण गर्ने र सरसमान लुटेर घर जलाउने काम गर्दै आएका छन् । 
आक्रमणकारीहरू नजिकैको जङ्गलमा लुक्न खोजिरहेका र यस जङ्गलमा उनीहरूको लुक्ने ठाउँ रहेको विश्वास गरिएको प्रहरीले जानकारी दिएको छ । डाकुहरूले यसअघि नजिकैको म्याग्मी समुदायलाई आक्रमण गर्ने प्रयास गरेका थिए । उक्त आक्रमण प्रयासलाई सेनाले विफल पारेका जनाइएको छ । गत दुई वर्षमा नाइजेरियाका ८० हजार भन्दा बढी व्यक्ति आतङ्कका कारण छिमेकी देश नाइजरमा विस्थापित भएको बताइएको छ ।–एएफपी  
 

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  ०४:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार