सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । हाप्सा नेपालले दरबार हाई स्कुल काठमाडौँमा शिक्षक तथा विद्यार्थीहरूलाई प्रशिक्षण स्वरूप पहिलोपटक सिपीआर र चोकिंग प्राथमिक उपचार तालिम प्रदान गर्दै आकस्मिक सामुदायिक रेस्पोन्स टूलकिटको उद्घाटन गरेको छ । बुधबार हाप्सा नेपालद्वारा दरबार हाई स्कूल, रानीपोखरीमा आकस्मिक सामुदायिक रेस्पोन्स टूलकिटको (Community Emergency Response Toolkit CERT) मोबाइल एपको एक कार्यक्रमका बीच औपचारिक उद्घाटन गर्दै पहिलोपटक सार्वजनिक विद्यालयमा हातले मात्र दिईने सिपीआर र चोकिंग तालिम सम्पन्न गरिएको हो । यसले नेपालका विद्यालयहरू र समुदायहरूमा आपत्कालीन तयारी सुदृढ गर्ने दिशामा एक महत्वपूर्ण माइलस्टोन स्थापित गर्ने लक्ष्य हाप्साले लिएको छ । हाप्सा नेपाल द्वारा, ‘सडक साथी’ नामको संस्थाको प्राविधिक सहयोगमा विकसित यस सिइआरटी एपले नेपाली भाषामा आपत्कालीन र चोटपटको हेरचाहका सरल, व्यावहारिक भिडियोहरू प्रदान गर्नेछ । यस एपमा घाँटीमा कुनै वस्तु अड्किएर निसासिँदाको प्राथमिक उपचार (चोकिंग), रक्तश्राव नियन्त्रण, जलन, फ्याक्चार समायोजन, मुटुको चाल रोकिएको अवस्था (कार्डियाक एरेस्ट) तथा अन्य आपतकालीन अवस्थाहरूमा कसरी मद्दत गर्न सकिन्छ भन्ने विषय समेटिएको छ । साथै, यी सबै भिडियोहरू ग्लोबल हेल्थ मिडिया प्रोजेक्टले मूलरूपमा निर्माण गरेका हुन्, सामग्री विशेषज्ञता हाप्सा नेपालका संस्थापक डा. रामु खरेल तथा अन्य अन्तर्राष्ट्रिय आपतकालीन चिकित्सकहरूले उपलब्ध गराएका हुन् । हाप्साले सामग्रीलाई नेपालको ग्रामीण तथा शहरी दुवै सन्दर्भमा उपयोगी हुनेगरी अनुवाद र अनुकूलन गरेको हो । एप उद्घाटन कार्यक्रम पछि ५० जना शिक्षक र विद्यार्थीहरूले व्यावहारिक सिपीआर र चोकिंग प्राथमिक उपचार सत्रमा सहभागिता जनाएका थिए ।