सोसल मिडिया
Contact Us
युनिकोड
इस्लामावाद । पाकिस्तानमा सोमबार विहान भएको सवारी दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । देशको पञ्जाव प्रान्तअन्तर्गत पर्ने डेरा घाजी खान जिल्लाको टौन्सा बाइपासनजिकै भएको घटनाका कारण अरु ३० जना घाइते समेत भएको अधिकारीहरुले जानकारी दिएका छन् । तिव्र गतीमा आएको बस ट्याक्टरको पछिल्लो भागसँग ठोक्कीदाँ दुर्घटना भएको घटनास्थलमा पुगेका प्रहरीहरुले जनाएका छन् । घटनाका बारेमा थाहा पाउनासाथ प्रहरी र उद्धारकर्ताहरु घटनास्थलमा पुगेका थिए । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ । घाइतेहरुलाई नजिकैका अस्पतालहरुमा भर्ना गरेर उपचार भइरहेको जनाइएको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको पनि बताइएको छ ।
भारतमा ७ जनाको मृत्यु, १० घाइते भारतको उत्तर प्रदेशमा सोमबार बिहानै भएको सडक दुर्घटनामा परी सात जनाको ज्यान गएको छ । उत्तर प्रदेशको प्रहरीले सोमबार बिहानै भएको सो दुर्घटनका कारण सात जनाको ज्यान गएको र अरु १० जना घाइते भएका बताएको छ । भारतीय उत्तर प्रदेश राज्यको साम्बाल क्षेत्रमा सो दुर्घटना भएको थियो । विपरीत दिशाबाट आइरहेका बस एक आपसमा जुध्दा सो दुर्घटना हुन पुगेको थियो । आपसमा ठोकिएकामध्येको एक बस विवाह समारोहमा पुगेर फर्किएको थियो । सोही बसमा रहेका ७ जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।– सिन्ह्वा