बेलायतमा बढ्दै कोभिडको सङ्क्रमण

२४ घन्टाभित्र ४८ हजारभन्दा बढी सङ्क्रमित
सोमबार, साउन ४, २०७८

लन्डन । बेलायतमा कोरोना महामारीका थप सङ्क्रमित देखिएका बताइएको छ । यहाँ पछिल्लो हप्ता हरेक दिनजसो सङ्क्रमित बढेका हुन् । दुई महिना अघिदेखि निकै शक्तिशाली रुपमा देखा परेको ‘इण्डियन कोभिड भेरियन्ट’ को सङ्क्रमण बेलायतमा हाल तीव्र रुपमा बढ्न थालेको बताइएको हो । यहाँ गएको २४ घन्टाभित्र ४८ हजारभन्दा बढी सङ्क्रमित देखिएका प्राप्त समाचारमा जनाइएको छ । यो समेतगरी बेलायतमा अहिलेसम्म सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या ५४ लाख ३३ हजार पुगेको पनि समाचारमा जनाइएको छ । साथै गएको २४ घन्टाभित्र यस संक्रमणबाट २५ जनाको निधन भएको छ । यो समेतगरी बेलायतमा कोरोनाको सङ्क्रमणबाट निधन हुने व्यक्तिको सङ्ख्या एक लाख २८ हजार भन्दा बढी पुगेको बताइएको छ । बेलायतमा पछिल्लो समयमा यसको संक्रमण बढेको तथ्याङ्कले देखाएको छ । बेलायतमा पछिल्लो समयमा ‘इण्डियन कोभिड भेरियन्ट’ को संक्रमण फैलिएको बताइएको छ । यो भेरियन्ट पहिलाको तुलनामा बढी सङ्क्रामक रहेकोले विज्ञहरुले बताएका छन् । बेलायतमा ८८ प्रतिशत वयस्कले कोरोना भाइरसका विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् भने अरु ६८ प्रतिशतले दोस्रो मात्रा नै लिएका बताइएको छ ।
बेलायतका स्वास्थ्यमन्त्रीले यो खोपको वितरणको कार्यलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ । बेलायतमा खोप लगाउने कामलाई निकै प्राथमिकतामा राखिएको भए पनि यहाँ सङ्क्रमित थपिने क्रम भने रोकिएको छैन । पछिल्ला हप्ताहरुमा मृत्यु दर भने कम भएको स्वास्थ्य अधिकारीले जनाएका छन् ।–सिन्ह्वा

प्रकाशित मिति: सोमबार, साउन ४, २०७८  १९:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार