सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई छिट्टै कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएका छन् । प्रधानमन्त्री देउवासँगको सौहार्दपूर्ण टेलिफोन वार्तामा आज मोदीले खोप उपलव्ध गराउने आश्वासन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री मोदीले नवनियुक्त आफ्ना समकक्षी प्रधानमन्त्री देउवालाई बधाई दिएका थिए । साथै प्रधानमन्त्री देउवाले बधाईका लागि मोदीलाई धन्यवाद दिएका थिए । दुवै प्रधानमन्त्रीले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेको मन्त्रालयले जनाएको छ ।–रासस