विश्वासको मत पाएकै दिन प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई 

आइतबार, साउन ३, २०७८

काठमाडौं । पुनस्थार्पित संसदले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएकै दिन छिमेकी भारतले उनलाई बधाई दिएको छ । प्रधानमन्त्री देउवाका भारतीय समकक्षी नरेन्द्र मोदीले देउवालई बधाई दिएका हुन् ।

‘प्रधानमन्त्रीलाई बधाई’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार राति ट्वीट गर्दै भनेका छन्, ‘कार्यकालको सफलताको कामना गर्दछु ।’  ‘हामीबीच रहेको विशिष्ट सम्बन्धलाई प्रवध्र्दन गर्दै तपाईसँग काम गर्न इच्छुक छु’ भारतीय प्रधानमन्त्री मोदीले ट्वीटमा भनेका छन् । 

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  २२:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार