सोसल मिडिया
Contact Us
युनिकोड
हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बसन्त अधिकारीले जिल्लालाई थप सुरक्षात्मक बनाउँदै हरेक किसिमका अपराधजन्य गतिविधि नियन्त्रणमा लिने प्रतिबद्धता जनाएका छन् । आज हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिडिओ अधिकारीले पछिल्लो समय मकवानपुरमा बढ्दै गएको लागू औषध कारोबार, यौनधन्दा, ठगी र अवैध कार्यहरूलाई नियन्त्रणमा ल्याउन सुरक्षा निकायहरू सक्रिय रूपमा खटिने जानकारी दिए । उनले भने, ‘अब मकवानपुरमा कुनै पनि गैरकानुनी कार्यलाई सहन गरिँदैन । लागूऔषध नियन्त्रणदेखि यौनधन्दा नियन्त्रणसम्मका अभियानलाई कडाइका साथ अघि बाइनेछ ।’ कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले सिडिओ अधिकारीलाई जिल्लाका स्थानीय तहमा देखिएका समस्या र विशेष अवस्थाबारे जानकारी गराएका थिए । सो अवसरमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी (एपीएफ), अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका प्रमुख अधिकृत र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।