कार्यदलमा रहेका नेपालनिकट सांसदले मत नदिने

आइतबार, साउन ३, २०७८

काठमाडौँ । नेकपा (एमाले)  का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने तयारी गरे पनि पार्टीको विवाद समाधान कार्यदलमा रहेका नेता र अन्य केही नेपालनिकट मानिने सांसद तटस्थ बस्ने भएका छन् । प्रधानमन्त्री देउवाले राखेको विश्वासको मतको प्रस्तावका लागि प्रतिनिधिसभामा छलफल चलिरहेका बेला कार्यदलमा रहेका एमालेका उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्णराज विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बैठकबाट बाहिरिएका छन् । उनीहरूसँगै निस्कनुभएका सांसद झपट रावलले जनता समाजवादी पार्टीका सबै सांसदले देउवालाई समर्थन गरेकाले आफूहरू मतदानमा भाग नलिने बताएका हुन् ।  सोही समूहका सांसद निरादेवी जैरुले भने कार्यदलमा रहेका नेताहरू मात्रै तटस्थ रहने र अन्यले मत दिने जनाइन् । एमालेका उपाध्यक्ष डा भीमबहादुर रावलले यही घटनामा सांसदबाट राजीनामा दिएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता नेपालको सहमतिमा गत जेठ २ गते गठित कार्यदलले गत असार २७ गते विवाद समाधानका लागि १० बुँदे सहमति भएको थियो ।
 

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  २१:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार