दुर्घटनामा एक जनाको मृत्यु 

बुधबार, कात्तिक १९, २०८२

बर्दिया । बर्दियामा धान काट्ने कम्पाइन हार्भेस्टरको ठक्करबाट एक साईकल यात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गेरुवा गाउँपालिका वडा नं २ राजीपुरका ७१ वर्षीय तारासिंह हमाल रहेका छन् । धान काटेर फर्कदै गरेको कम्पाईनले दिउँसो साढे दुई बजेको समयमा हमाललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरिक्षक भुपेन्द्र कुमार बुढाथोकीले बताए । दुर्घटना पश्चात् हमाललाई तत्काल राजापुर नगर अस्पतालमा पुर्‍याइएकोमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।  कम्पाईन र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक देवेन्द्र कुमार मल्लले बताए । 

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  १८:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार