सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै पार्टी केन्द्रीय कार्यालयमा आमरण अनशन शुरु गरिएको छ । नेपाली कांग्रेसका नेता एवम् संविधानसभा सदस्य डा चन्द्रमोहन यादवको नेतृत्वमा रामपल्टन शाह, दिनेश नायक लगायतले धनुषा क्षेत्र नं १, क्षेत्र नं ४, सिरहा र सप्तरीको क्रियाशील सदस्यतामा विवाद भएको जनाउँदै आज बिहान ११ः३० बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन शुरु गरेका हुन् । पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र विपरीत नयाँ क्रियाशील सदस्यता वितरण गरेको, कांग्रेस जिल्ला कार्यसमितिको संस्थागत निर्णयलाई कार्यान्वयन नगरेको उल्लेख गर्दै आफूहरु आमरण अनशनमा बस्न बाध्य भएको डा यादवले जानकारी दिए । आफूले राखेका माग सम्बोधन नभएसम्म अनशन जारी राख्ने उनको भनाइ छ । .