सीजीको ‘दसैं टीका फोटो शेयर एण्ड विन’ विजेतालाई ४३ इन्चको टेलिभिजन 

सोमबार, कात्तिक १७, २०८२

काठमाडौं । सीजी ब्रान्डले दसैं टीका फोटो शेयर एण्ड विन कन्टेस्ट की विजेता सीता खनाल सापकोटालाई ४३ इन्चको अत्याधुनिक सीजी मेरिडिया ४३ अल्ट्रा एजडी टेलिभिजन प्रदान गरेको छ । बुढानिलकण्ठ निवासी खनालले दशैंको टीकाको तस्बिर डिजिटल रूपमा शेयर गरेर प्रतियोगितामा सहभागिता जनाएर विजेता बनेकी हुन् । पुरस्कार ग्रहणपछि उनी खुसी भएको बताउँदै भनिन,‘फोटो शेयर र विजेता कन्टेस्टको विजेता बन्न पाउँदा धेरै खुशी लागेको छ । यस्तो सुन्दर अवसरका लागि म सीजीलाई धन्यवाद दिन चाहन्छु ।’ दशैंको पारिवारिक खुसी, संस्कृति र भावनात्मक सम्बन्धलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको प्रतियोगितामा देशभरबाट सयौँ सहभागिता प्राप्त भएको कम्पनीले जनाएको छ । टीका तस्बिरहरूको शेयरले नेपाली सांस्कृतिक र सामुदायिक भावना झल्किएको सीजी ब्रान्डको भनाइ छ । विजेतालाई टेलिभिजन सीजी होम एप्लायन्सेजका प्रतिनिधि भरत प्रसाद साह र सज्ञान ढकालले हस्तान्तरण गरेका थिए । ४० वर्षभन्दा बढी समयदेखि नेपाली इलेक्ट्रोनिक्स बजारमा अग्रणी रहेको सीजी इलेक्ट्रोनिक्सले नवप्रवर्तन, गुणस्तरीय उत्पादन तथा उत्कृष्ट ग्राहक सेवामार्फत विश्वास कायम राख्दै आएको छ । कम्पनीले देशभर २० वटा शोरुम र ४० भन्दा बढी सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १३:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार