बाजुरामा छुट्टाछुट्टै सवारी दुर्घटना, ३० जना घाइते

शनिबार, कात्तिक १५, २०८२

बाजुरा । बाजुरामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परेका छन् । कोल्टीबाट धनगढीका लागि छुटेको बस दुर्घटनामा परी २५ जना घाइते भएका छन् ।  दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि २३ जनालाई मार्तडी र २ जनालाई कोल्टी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बसमा चालकसहित २६ जना सवार रहेको २५ जना घाइते भएका हुन् । घाइतेहरुको सबैको अवस्था सामान्य रहेको बुझिएको छ । शनिबार दिउँसो बुढीनन्दा नगरपालिका ७ सास्थामा बस दुर्घटना भएको हो ।  कोल्टीबाट धनगढीका लागि छुटेको सदरमुकामतर्फ आउँदै गरेको सु.प.प्र.०१ ००१ ख ३१८१ नम्बरको बस दुर्घटनामा परेको हो । त्यस्तै सदरमुकाम मार्तडीबाट बुढिनन्दा नगरपालिका कोल्टी जाँदै गरेको जीप दुर्घटनामा परि पाँच जना घाईते भएका छन् । शनिवार दिउँसो बुढीनन्दा नगरपालिका १० पाण्डुसैन नजिकै जीप दुर्घटनामा परेको हो । जिप दुर्घटनामा परि चालक तुलाराम चदारासहित बडीमालिका–७ का जयराज जोशी, शंकर जोशी, बुढिनन्दा नगरपालिका १ का सेते ल्वार ३ का जयलाल विक र जंगविर सार्की घाईते भएका हुन् । चालकसहित ६ जना यात्रु सवार भे १ च ७८७ नम्बरको जीप एक्कासी अनियन्त्रित भएर सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । दुर्घटनामा परी घाइते भएकाहरुको हात, खुट्टा, टाउको सहित शरीरका विभिन्न ठाउँ चोट लागेको छ भने सबै जनाको अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  १८:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार