सोसल मिडिया
Contact Us
युनिकोड
सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुरमा एक परिवारमाथि निर्मम कुटपिट भएको छ । स्थानीय बरण रायका छोरा राम दरेश रायको परिवारले बुधबार स्थानीय हृदय रायकी छोरी र श्रीमतीलाई कुटपिट गरेको पीडित पक्षले जनाएका छन् । पीडित हृदय रायका अनुसार उनीहरूको परिवारमाथि यसअघि पनि पटक पटक आक्रमण भइरहे पनि स्थानीय प्रशासनले कुनै कदम नचालेको गुनासो छ । उनीहरूको कुटपिटपछि प्रहरी चौकी भवानीपुर पुगेकामा त्यहाँ प्रहरीले उजुरी नै लिन नमानेको पीडितले बताए । भवानीपुर चौकीले सहयोग नगरेपछि उनीहरू ईलाका प्रहरी कार्यालय बरहथवा पुगेका थिए । तर त्यहाँ पनि उजुरी नलिएको बताईएको छ । कुटपिटबाट घाइते भएकाहरूको अहिले गोल्डेन हस्पिटल बरहथवामा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार जग्गाको बिषयमा विवादमा कुटपिट गरेको बुझिएको छ । प्रहरीले दुवै पक्षका गरी ९ जना घाईते भएको जनाएको छ । घटनामा संग्लग्न रहेका ५५ बर्षिय राम दरेशलाई पक्राउ गरेको जनाएको छ । पीडित परिवारले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारवाहीको माग गरेका छन् । घटना सम्बन्धि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।