सोसल मिडिया
Contact Us
युनिकोड
बर्दिया । बर्दियालगायत आसपासका क्षेत्रमा गएरातिदेखि पानी परेपछि खेतमा धान भिजेको छ । काट्न तयार भएको र निहिनमा सुकाएको धान भिजेपछि कृषकहरू चिन्तित भएका छन् । मोटा र सुख्खा खेतमा छिटो फल्ने धान कृषकले करिब करिब भित्र्याए पनि गहिरो खेतमा ढिलो पाक्ने धान भिजेको छ । विउ र मलको अभाव भए पनि धान उत्पादन गरेका किसानहरू भित्र्याउने समयमा धान भिजेको छ । धान खेतमै भिजेपछि नोक्सान भएको भन्दै लामो समय घाम नलागी भिजिरहेमा धान उम्रिने सम्भावना भएको मधुवन नगरपालिका वडा ७ प्रगतीबजारकी कृषक शान्ति अधिकारीले बताइन् । उनले भनिन, ‘पानी पर्दैन होला भनेर धान काटियो अहिले काटेर सुकाएको निहिन मै धान भिजेको छ लगातार पानी पर्यो भने धान खेतमै उम्रन्छ होला ।’ विशेषगरी मध्यम र मसिनो धान ढिलो पाक्ने गदर्छ । अहिले काटिरहेको र काट्न तयार भएको धान मध्यम र मसिनो धान हो । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका सूचना अधिकारीका अनुसार अझै पनि बर्दियामा ३५ प्रतिशत धान भित्र्याउन बाँकी रहेको छ । केही धान कटान गरेर निहिनमा सुकाईएको उनले बताइन् ।