लागूऔषध ब्राउनसुगरसहित बाँकेका युवक पक्राउ  

मंगलबार, कात्तिक ११, २०८२

सुर्खेत । लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषधको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागू औषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको टोलीले वीरेन्द्रनगर ३ बाट बाँकेका सद्दाम हुसेन खाँलाई २ ग्राम ६५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए । प्रहरीको टोलीसँग शंकास्पद अवस्थामा भेटिएका खाँको शरीर तथा घर कोठा  खानतलासी गर्दा शुद्व २ ग्राम ६५० मिलिग्राम (दुई ग्राम तीन सय पचास मिलिग्राम) लागूऔषध ब्राउनसुगर बरामद गरी खाँलाई नियन्त्रणमा लिई मुद्दा दर्ता गरी म्याद थप भई  थप अनुसन्धान भईरहेको बुढथापाले बताए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  १७:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार