Chhath Banner Chhath Banner
Chhath Banner Chhath Banner

अर्गानिक बस्तुको बिक्री : संघर्ष र प्रेरणाले सफल व्यवसायीको परिचय दिँदै बाजुराका शिवलाल तिमिल्सेना

सोमबार, कात्तिक १०, २०८२

बाजुरा । बाजुराको बडीमालिका नगरपालिका–९ का शिवलाल तिमिल्सेनाले यतिबेला सदरमुकाम मार्तडीमा अर्गानिक बस्तुको बिक्रीबाट सफल उद्यमी व्यवसायीको परिचय दिँदै आएका छन् । ४० वर्षसम्म शिक्षक पेशा अगाँलेका उनले शिक्षण पेशाबाट सेवा निवृत भए पश्चात् मार्तडीमा आफ्नै अर्गानिक बस्तुको संकलन तथा बिक्रिवितरण केन्द्र ‘तिमिल्सेना अर्गानिक किराना पसल’ स्थापना गरी सञ्चालनमा ल्याएका छन् ।  वि.सं.२०४० साल चैत्र ८ गतेबाट शिक्षण पेशा अगाँलेका उनले ४० वर्षको अवधिसम्म शिक्षण पेशाबाट ठूलो अनुभव बटुलि अहिले स्थानीय स्तरमा उत्पादित रैथाने खाद्यान्न बालीहरूको संकलन गरेर राम्रो व्यवसाय गर्दै आएका छन् । चोयाकोट माविमा १३ बर्ष र मालिका नमुना माविमा २७ वर्षसम्म उनले शिक्षण गरेका थिए । मानिसको लागि पेशा व्यवसाय कुनै पनि सानो ठूलो हुँदैन भन्ने उदाहरण उनले दिएका छन् । अर्गानिक बस्तु संकलन तथा बिक्रीबाट तिमिल्सेनाले सफल उद्यमी व्यवसायको परिचय दिएका हुन् । उनको बिक्री केन्द्रमा स्थानीय स्तरमा उत्पादित रैथाने खाद्यान्न तथा दलहन बाली संकलन तथा बिक्री गर्ने गरिएको छ ।  शिक्षण पेशाबाट निवृत्त भएपश्चात्  गाउँमै अझै केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ मार्तडीमा रैथानेबाली सङ्कलन गरेर बिक्री गर्दै आएको व्यवसायी तिमिल्सेनाले बताए । केही नयाँ र यहाँको रैथानेबालीको संरक्षण, प्रबद्र्धन गर्नुपर्छ भन्ने चाहनाका साथ आफूले ‘तिमिल्सेना अर्गानिक किराना पसल’ स्थापना गरेको उनको भनाई छ ।  आफूले स्थापना गरेको तिमिल्सेना अर्गानिक किराना पशलमा अर्गानिक रैथाने बालीनालीको संकलन र बिक्रीवितरण गर्ने गरिएको तिमिल्सेना बताए । आफूले यो भन्दा अगाडी सामान्य दैनिक उपभोग्य सामानको व्यापार गर्दै आएकोमा अहिले शिक्षण पेशाबाट निवृत्त भएपश्चात्  यो व्यवसाय अगाँलेको बताएका छन् । गाउँकै अर्गानिक बालीनालीको संकलन गरेर बिक्री तथा संरक्षण, प्रबद्र्धन गर्ने,स्थानीयको उत्पादन रैथानेबाली गाउँमै सिमित नभई देशका ठूल्ठूला शरहसम्म पुर्‍याउन उनको अर्गानिक बस्तु संकलन तथा बिक्री केन्द्रले ठूलो सहयोग गरेको छ । अहिले तिमिल्सेनाको अर्गानिक किराना पशलबाट अर्गानिक बस्तु काठमाडौं, नेपालगन्ज, पोखरा त्यस्तै ईण्डियासम्म जाने गरेको छ । उनले अहिले करिब एक सय बढी स्थानीय उत्पादित रैथाने तथा खाद्यान्न बाली संकलन गरेर बिक्रीवितरण गर्दै आएका  छन् । उनले भने, ‘अहिले बाजुरामा उत्पादन भएको स्थानीय अर्गानिक बस्तुहरु देशका ठुला शहरमा बेच्ने गरेको छु । अर्गानिक वस्तु बिक्रीबाट राम्रो आम्दानी हुनुका साथै राम्रो व्यवसाय भएको दिनमा एकैदिन ३० हजार बढि आम्दानी हुने गरेको छ ।’ स्थानीय सरकारले आफ्नै स्थानीय उत्पादित बस्तुहरुलाई प्रवद्र्धन तथा बजारिकरणको नीति अबलम्बन गर्न आवश्यक रहेको बताए । यसले व्यवसायी उद्यमशीलता मात्र नभई, स्थानीय रोजगारी, वातावरणीय स्थिरता र आर्थिक समृद्धिमा समेत योगदान पुर्‍याउन सकिने उनको भनाइ छ  ।बाजुराको अर्गानिक वस्तुहरुलाई बजारिकरण गर्न सकिएको खण्डमा स्वरोजगारका साथै देशको आर्थिक स्थितिमा टेवा पुर्याउन सकिने उनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  १५:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार