Chhath Banner Chhath Banner
Chhath Banner Chhath Banner

यसरी कारोबार भयो आज काठमाडौंमा तरकारी तथा फलफूलको 

सोमबार, कात्तिक १०, २०८२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि सार्वजनिक गरेको कृषिउपजको न्यूनतम थोक मूल्यमै काराेबार भएकाे छ । समितिले आजका लागि गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४० रुपैयाँ, आलु रातो प्रतिकिलो ६८ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ४५ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३४ रुपैयाँ तय गरेकाे थियाे । यस्तै, गाजर (लोकल) प्रतिकिलो  ११० रुपैयाँ , गाजर (तराई) प्रतिकिलो ९० रुपैयाँ, लोकल बन्दा प्रतिकिलो ४५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ८५ रुपैयाँ, रातो मूला प्रतिकेजी ५० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ४० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ७० रुपैयाँ, तने बोडी प्रतिकिलो ९० रुपैयाँ, मकै बोडी प्रतिकिलो ४० रुपैयाँमा काराेबार भएको छ । 
यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो ६० रुपैयाँ , घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ६० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १५० रुपैयाँ, भटमास कोसा प्रतिकिलो ८० रुपैयाँ, तीतो करेला प्रतिकिलो ६० रुपैयाँ, लौका प्रतिकिलो ६० रुपैयाँ, परबर (लोकल) प्रतिकिलो ७० रुपैयाँ, परबर (तराई) प्रतिकिलो ६० रुपैयाँ, घिरौँला प्रतिकिलो ६० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ६५ रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ५० रुपैयाँ, सलगम प्रतिकिलो ८० रुपैयाँ, भिन्डी प्रतिकिलो ७० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ, बरेला प्रतिकिलो ५० रुपैयाँमा काराेबार भएकाे छ । 
पिँडालु प्रतिकिलो ७० रुपैयाँ, स्कूस प्रतिकिलो १० रुपैयाँ, रायोसाग प्रतिकिलो ९० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी १८० रुपैयाँ, चमसुर प्रतिकेजी २०० रुपैयाँ, तोरीको साग प्रतिकिलो ७० रुपैयाँ, मेथीको साग प्रतिकिलो १८० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ९० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १७० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३५० रुपैयाँ, कुरिलो प्रतिकिलो ४५० रुपैयाँ, निगुरो प्रतिकिलो ७० रुपैयाँ निर्धारण गरिए अनुरुप नै काराेबार भएकाे ब्यापारीले बताएका छन् । ब्रोकाउली प्रतिकिलो १३० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ९० रुपैयाँ, रातो बन्दा प्रतिकिलो १०० रुपैयाँ , जिरीको साग प्रतिकिलो २८० रुपैयाँ, सेलरी प्रतिकिलो ३३० रुपैयाँ, पार्सले प्रतिकिलो ५५० रुपैयाँ, सौफको साग प्रतिकिलो १८० रुपैयाँ, पुदिना प्रतिकिलो ५०० रुपैयाँ, इमली प्रतिकिलो १७० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो २५० रुपैयाँ तोकिएको थियाे ।
समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २५० रुपैयाँ, केरा (दर्जन) ११० रुपैयाँ, कागती प्रतिकिलो १०० रुपैयाँ, अनार प्रतिकिलो ३०० रुपैयाँ, सुन्तला (भारतीय) प्रतिकिलो १२० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ६० रुपैयाँ, मौसम प्रतिकिलो ९० रुपैयाँ, जुनार प्रतिकिलो २०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ७० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, निबुवा प्रतिकिलो ४० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो १५० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, अम्बा प्रतिकिलो १०० रुपैयाँ र लप्सी प्रतिकिलो ४० रुपैयाँ, किबी प्रतिकिलो २३० रुपैयाँ निर्धारण गरेकाे थियाे ।

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  १३:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार