सोसल मिडिया
Contact Us
युनिकोड
रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ तल्लोबारामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गउको छ । इम्बोस्ड नम्बर प्लेटको ए ए ए २०७० नम्बरको मोटरसाइकल बीपी राजमार्गमा पर्ने सो सडकको ओरालोमा अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक जनकपुरको धनुषाधाम नगरपालिका–९ का ३० वर्षीय लोबसाङ होइदेनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका होइदेनको सुनकोशी सामुदायिक अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान ६ः ३० बजे तिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो । चालक सडकबाट करिब १५ फिट तल भिरमा खसेको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय खुर्कोटको टोलीले उद्धार गरेर अस्पताल पुर्याएको थियो । अस्पतालमा उपचारको क्रममा उनको ज्यान गएको हो ।