सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदको सम्झनामा श्रद्धासुमनसहित बिहीबार काठमाडौंको माइतीघर मण्डलामा सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको छ । जेनजी युनाइटेडले माईतीघर मण्डलामा भेला भइ शान्तिपूर्ण प्रदर्शन गरेको हो । उनीहरुले जेनजी एक हुनुपर्ने माग समेत राखेका छन्। जेनजी एक नभएसम्म शहीदका आत्माले शान्ति नपाउने र सहिदको आत्मा सधैँ भौंतारिरहने बताए । उनीहरुकै रगतले लेखिएको इतिहास अब खेर नजाओस्, शहीदको नाममा स्वार्थको खेल नहोस्, शहीदको सपना पूरा गर्नु हाम्रो जिम्मेवारी हो जस्त प्लकोर्ड बोकेर प्रदर्शन गरेका थिए । उनीहरुले माइतीघर मण्डलामा नेपाली झण्डा शरीरमा ओढेर शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।