Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

राष्ट्रिय सम्मानसाथ विपिनको अन्त्येष्टि

मंगलबार, कात्तिक ४, २०८२

काठमाडौँ । हमास समूहको बन्धकमा रहेकै अवस्थामा मृत्यु भएका कञ्चनपुरका युवा विपिन जोशीको मंगलबार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । भुजेला घाटस्थित महाकाली नदीमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाले राष्ट्रिय झन्डा ओढाउनुका साथै सशस्त्र प्रहरीले सलामी दिएर राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । शवयात्रामा सहभागी नेपालका लागि इजरायली दूतावासका कर्मचारीले इजरायलको राष्ट्रिय झन्डा ओढाउँदै श्रद्धाञ्जली दिएका थिए । इजरायलबाट सोमबार काठमाडौँ ल्याइएको विपिनको शव साँझ नै सेनाको विमानबाट धनगढी विमानस्थलसम्म ल्याइएको थियो । त्यहाँबाट धनगढी उपमहानगरपालिकाको शव वाहनमार्फत भीमदत्त नगरपालिका–३ स्थित घरमा ल्याइएको थियो । मंगलबार बिहान घरबाट हजारौँको सहभागितामा भुजेलाघाटसम्म शवयात्रा गरिएको थियो । शवयात्रामा नेपालका लागि इजरायली राजदूत, पूर्व परराष्ट्र मन्त्री एनपी सावद, विघटित प्रतिनिधिसभाका सदस्य तारा लामा तामाङलगायत सहभागी हजारौँको संख्यामा सहभागी भएका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  ११:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार