सोसल मिडिया
Contact Us
युनिकोड
सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा बाढी पीडितका लागि विभिन्न गैरसरकारी संस्थाले पठाएको राहत सामाग्री पालिकाका जनप्रतिनिधिले आफन्त र निकट कार्यकर्तामाझ मात्र बाँडेको आरोप लागेपछि स्थानीयले विरोध गरेका छन् । बिहीबार बिहानैदेखि बाढी पीडितहरू पालिका कार्यालय अगाडि नारा जुलुससहित विरोधमा उत्रिएका थिए । उनीहरूले राहत वितरणमा भएको भेदभाव र अनियमिततामाथि छानबिनको माग गरेका छन् । पीडितहरूको आरोप अनुसार बाढीबाट वास्तविक रूपमा घरहरुमा क्ष्यति भएकालगायत बसोबाससमेत गुमाएका दर्जनौँ परिवार राहतविहीन छन्। तर पालिकाका जनप्रतिनिधिले आफ्ना नातेदार, पार्टीका कार्यकर्ता र आसेपासेलाई प्राथमिकता दिएर राहत वितरण गरेको उनीहरूको दाबी छ । एक पीडितका अनुसार क्षतिको विवरण शंकलन गर्न सबैतिर गएर प्रहरी खटिएको र क्षतीको फोटो, भिडियोसमेत खिचेर लगिएको थियो तर राहत वितरणमा तिनै वास्तविक पिडितलाई नै बन्चित गराईएको छ । बिहिबार बिरोध प्रदर्शन गर्न पालिकामा पीडितहरु पुगेपछि पालिका अध्यक्षसहित कर्मचारी सबैले केहि समयमै कार्यालय बन्द गरेर बेपत्ता भएका थिए । आवाज समेत सुन्न नसक्ने जनप्रतिनिधि भन्दै गुनासो गरे । यसअघि जिल्लाकै कोडैना गाउँपालिकामा पनि जनप्रतिनिधिले आफन्तलाई मात्र राहत वितरण गरेको वास्तविक पीडितलाई राहत नदिएको भन्दै हुलाकी सडक नै बन्द गरेर बिरोध गरेका थिए ।