दुई रुपैयाँले घट्यो पेट्रोलको मूल्य, डिजेल र मट्टीतेलको यथावत्  

बिहीबार, असोज ३०, २०८२

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्यमा घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाइएको हो । निगमका अनुसार नयाँ मूल्य आज बिहानदेखि लागू भएको छ । मूल्य घटेपछि अब पहिलो वर्गका उपभोक्ताले प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ । दोस्रो वर्गका लागि मूल्य १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ । निगमले पेट्रोलको मूल्य घटाए पनि डिजेल र मट्टीतेलको दरमा कुनै परिवर्तन गरेको छैन । यसपटक भने डिजेल र मट्टीतेलको मूल्य यथावत् राखिएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  ०८:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार