हमासको आक्रमणमा ज्यान गुमाएका विपिन जोशीको सम्झनामा माइतीघरमा गरियो दीप प्रज्वलन

बुधबार, असोज २९, २०८२

काठमाडौं । जेनजी युवाहरूले इजरायलमा हमासको अपहरणमा परी ज्यान गुमाएका विपिन जोशीको सम्झनामा दीप प्रज्वलन गरेका छन् । जेनजी अभियन्ता रक्षा बम लगायतका युवाहरूले जोशीको स्मृतिमा बुधबार काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गरेका हुन् । विपिन अक्टोबर ७, २०२३ देखि हमासको कब्जामा थिए । अध्ययनका लागि इजरायल गएका जोशीलाई दुई वर्षअघि हमासले अपहरण गरेर गाजातर्फ लगेको थियो । सोमबार हमासले उनीसहित ४ जनाको मृत्यु पुष्टि गर्दै शव बुझाउन लागिएको जानकारी दिएको थियो । इजरायलमा मंगलबार डीएनए परीक्षणपछि इजरायली सेनाले जोशीको मृत्युको औपचारिक पुष्टि गरेको छ ।

Rakshya--Bam--1760534886.jpg
Photo--(39)-1760534888.jpg
 


 

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  १९:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार