सोसल मिडिया
Contact Us
युनिकोड
जनकपुरधाम । प्रदेश नं २ का प्रदेश प्रमुख राजेश झा अहिराजले आन्तरिक मामिला तथा सञ्चरमन्त्री भरतकुमार साहलाई पद तथा गोपनियताको शपथ गराएका छन् । मुख्यमन्त्री लालबाबु राउतले शनिबार मन्त्री पदमा नियुक्त गरेका माओवादी केन्द्रको संसदीय दलका नेता साहलाई प्रदेश प्रमुख झाले मधेश भवनमा आयोजित समारोहमा शपथ गराएका हुन् । सोही समारोहमा मुख्यमन्त्री राउतले नव नियुक्त आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रूवीकुमारी कर्णलाई पद तथा गोपनियताको शपथ गराएका छन् । प्रदेश सरकारमा माओवादी केन्द्रलाई सहभागी गराउन जनता समाजवादी पार्टीका ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले राजिनामा दिएका थिए । सरकारमा नेकपा माओवादी केन्द्रलाई सहभागी गराउनका लागि मार्ग प्रशस्त गर्न दुवै जनाले राजीनामा दिएको बताइएको छ ।