सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सेयरबजारमा आज ठूलो अंकको गिरावट आएको छ । तथापि कारोबार रकम भने बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ७८.८३ अंकले घटेको हो । तर कारोबार रकम भने ६ अर्ब ७० करोड पुगेको छ। कुल १ करोड ४३ लाख कित्ता सेयर बिक्रीमा यो परिमाणको कारोबार भएको हो । आज २४२ वटा सेयरको मूल्य घट्दा नौवटाको मात्र बढेको छ। नेपाल माइक्रो इन्स्योरेन्स, पञ्चकन्या माई हाइड्रोलगायतको अधिकतम ६.०१ प्रतिशतसम्म मूल्य बढ्दा बुटवल पावर कम्पनी, नेपाल पुनर्बीमालगायतको अधिकतम ९.२७ प्रतिशतसम्मले मूल्य खुम्चिन पुगेको छ । आज सबैभन्दा बढी कारोबार गरेको नेपाल पुनर्बीमाको सेयर लगानीकर्ताले ३८ करोडसम्म कारोबार गरेका छन् । बैंकिङ २.३०, विकास बैंक २.९३, फाइनान्स ३.६७, हाइड्रोपावर ३.७९, लगानी ३.१३, जीवन बीमा २.५५, उत्पादन तथा प्रशोधन १.९४, माइक्रोफाइनान्स २.८८, निर्जीवन बीमा २.३२ र व्यापार २.८५ प्रतिशत घटे । नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ६.०१ प्रतिशत बढ्यो । त्यस्तै पन्चकन्या माइ हाइड्रोपावरको ४.९०, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको १.८९ प्रतिशत बढ्यो । बुटवल पावरको मूल्य सबैभन्दा धेरै ९.२७ प्रतिशत घट्यो । नेपाल पुनर्बीमाको ९.१५, राधि विद्युतको ८.५०, सीईडीबी होल्डिङ्सको ८.४५ तथा विन्ध्यबासिनी हाइड्रोपावरको ८.२७ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, एनएलजी इन्स्योरेन्स, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स र सीईडीबी होल्डिङस् अगाडि रहे । सबै सेक्टरका सूचक घटेका छन्, होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ४.८४ प्रतिशत घटेको छ। अघिल्लो दिन बिहीबार ५ अर्ब २७ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७० करोडको कारोबार भयो । ९ कम्पनीको मूल्य बढ्दा २४२ को घट्यो । सबै सेक्टरका सूचक घटेका छन् ।