विश्वभर तीन अर्ब ५७ करोड ३२ लाख ५८ हजार ११४ डोज खोप लगाइयो 

आइतबार, साउन ३, २०७८

बाल्टिमोर (मेरील्याण्ड) । विश्वभर तीन अर्ब ५७ करोड ३२ लाख ५८ हजार ११४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाउने देशको सूचीमा चीन अग्र स्थानमा छ । उसले एक अर्व ४२ करोड ६३ लाख ४७ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३९ करोड ९६ लाख ९५ हजार ८७९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । 
अमेरिकामा ३३ करोड ५४ लाख ७४ हजार तीन डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा ११ करोड ५३ लाख २४ हजार १५२ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ  । 
जर्मनी आठ करोड ४९ लाख ८९ हजार ८५० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । बेलायतमा आठ करोड २३ लाख ९२ हजार १९४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । 
जापान छ करोड ६७ लाख १४ हजार ५२८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । फ्रान्समा छ करोड ३३ लाख १९ हजार ८०५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । टर्कीमा छ करोड २४ लाख १२ हजार २३४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली छ करोड पाँच लाख ७१ हजार ३४१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

हंगेरीले अगस्टदेखि तेस्रो खोप लगाउन आह्वान गर्ने

हंगेरीले आफ्ना नागरिकहरुलाई कोरोनाभाइरस विरुद्धको खोप तेस्रो पटक लगाउन आह्वान गर्ने भएको छ । प्रधानमन्त्री भिक्टर अर्बानले दिएको जानकारीअनुसार सरकारले आगामी अगस्टदेखि नागरिकहरुलाई खोपको तेस्रो मात्रा लगाउन आह्वान गर्ने भएको हो । तेस्रो मात्रा खोप लगाउन अनिवार्य नगरिने र लगाउन चाहेकाहरुले भने लगाउने पाइने व्यवस्था गरिने उनले बताए । 
‘खोप लगाउने योग्य रहेका, आवश्यकता देखिएका, स्वास्थ्य अवस्थाले अनुकूल भएका सबै नागरिकलाई तेस्रो खोप लगाउने व्यवस्था गर्न लागिएको छ’, रेडियोलाई दिएको अन्तवार्तामा उनले भनेका छन् । 
दोस्रो खोप लगाएको कम्तीमा चार महिनापछि मात्रै तेस्रो खोप लगाउन दिइने सरकारले जनाएको छ । कुन व्यक्तिलाई तेस्रो मात्राको खोप लगाउन दिने वा नदिने भन्ने बारेमा उसको सवै स्वास्थ्य विवरण हेरेर चिकित्सकहरुले सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ ।  
“कोरोनाभाइरस विरुद्धको खोपको तेस्रो मात्रा लगाउनका लागि डराउनुपर्ने कुनै कारण छैन, कसैले लगाउन चाहन्छन् भने अवसर पनि दिनुपर्छ भन्ने मान्यताले तेस्रो खोपको व्यवस्था गर्न लागिएको हो,” प्रधानमन्त्री अर्बानले भनेका छन् । आफ्ना नागरिकको सुरक्षाका लागि यसअघि अरु देशहरुले पनि तेस्रो खोप लगाउन सकिने व्यवस्था गरेका थिए ।–एएफपी
 

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  ०६:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार