सोसल मिडिया
Contact Us
युनिकोड
बाजुरा । बाजुरामा बाँदरको आतंक बढेको छ । यहाँका हरेक गाउँबस्तीका खेतबारीमा लगाइएको अन्नबालीमा बाँदरको आतंक बढेको हो । बिशेषगरी बाजुराको बडीमालिका, गौमुलमा बाँदरले आतंक मच्चाएको हो । पाकेको बालीनाली भित्त्रयाउने समयमा बाँदरले सखाप पार्दा कृषकहरू चिन्तित बनेका छन् । खेतबारीमा लगाइएको कोदो, मकै, धान लगायतका बाली यतिबेला बाँदरहरूको झुण्डले सखाप पारेको हुन् । खेतमा पाकेको कोदो, धान मकै बाली भित्त्रयाउने बेला बाँदरले सखाप पारेको बडीमालिका नगरपालिका वडा नम्बर ७ का स्थानीय गणेश राज तिमिल्सेना बताए । उनका अनुसार बडीमालिकाको दुल्दुना, गुल्डुङ्ग्रा, खिरिडा, ढम्कने, मलेसैनलगायत जिल्लाका ९ ओटै स्थानीय तहका हिमाली तथा लेकाली भू–भागका बालीहरू बाँदर आतङ्कबाट प्रभावित बन्ने गरेको छन् । यतिबेला धान, मकै, कोदो, बालीको मुख्य सिजन भएको र यस बालीमा आश्रित भएर वर्षभरिको खाद्यान्न जोहो हुने बेला बाँदरको आतङ्कले किसानहरूलाई ठूलो सङ्कटमा पारेको तिमिल्सेनाको भनाइ छ । बाँदरको आतंकबाट बालीनाली बचाउने कुनै उपाय नभएकोले सखाप हुने गरेको उनले बताए । खेतबारीमा लगाएको कोदो, धान मकै बाली पाकेर घरमा ल्याउने समयमै जंगली जनावरको आहार बन्ने गरेको हो । जतिसुकै बाँदर धपाउने कोसिस गरेपनि धपाउँन नसकिने अवस्था छ । यहाँका सबै कृषकहरूको पेशा कृषि रहेको छ जसबाट उनीहरूले जीविकोपार्जन गर्ने गरेको छन् । बाँदरको सिङ्गो झुन्ड बारीमा पसेर अन्नबाली उखेल्न्, खाने नष्ट पार्ने, अर्ध पाकेको बालीनाली सखाप पारेर ठूलो नोक्सानी गर्ने गरेका छन् । कहिँकतै बाट बाँदर धपाउने सामाग्री उपलब्ध भएको खण्डमा सजिलो हुने कृषकहरूको भनाइ छ । बाजुरामा जतिसुकै बालीमा उत्पादन राम्रो हुँदै गए पनि बर्षेनी जंगली जनावर बाँदर बँदेल, स्याल र चराचुरुङ्गीले आफ्नो आहार बनाउने गरेका छन् । कहिले बाली कोराले, कहिले चराचुरुङ्गी कहिल्यै जंगली जनावर स्याल, बाँदरले खाने हुँदा यहाँका कृषक चिन्तित बन्ने गरेका छन् ।