द्वन्द्व सुरु भएयता ६७ हजार बढी प्यालेस्टिनीहरूको मृत्यु, युद्धविराम कार्यान्वयन सुरु

आइतबार, असोज २६, २०८२

गाजा पट्टी । हमास र इजरायलबीचको द्वन्द्व सुरु भएदेखि गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या ६७,६८२ पुगेको छ ।  अन्य १७०,०३३ जना घाइते भएका छन् । गाजाका स्वास्थ्य अधिकारीहरुका अनुसार  विगत २४ घण्टामा ११६ शव फेला पारेका छन्  । अस्पतालहरूमा ३५ शव र ७२ प्यालेस्टिनी घाइते भएका छन् । कुपोषणका कारण मृत्यु हुनेको कुल संख्या ४६३ पुगेको छ, जसमध्ये १५७ बालबालिका छन् ।  हमास र इजरायल बिहीबार गाजा पट्टीमा युद्धविराम सम्झौतामा भएको छ । इजरायली सरकारले प्रस्तावलाई अनुमोदन गरेपछि शुक्रबारदेखि लागू भएको हो । शुक्रबारदेखि २,५०,००० भन्दा बढी प्यालेस्टिनीहरू उत्तरी गाजामा फर्किएका छन् । गाजामा शुक्रबार स्थानीय समय अनुसार १२ः०० बजेदेखि लागू भएको  युद्धविराम योजनाको पहिलो चरणको कार्यान्वयनपछि, हमासले सोमबारदेखि इजरायली बन्धकहरूलाई रिहा गर्ने जनाएको छ ।  इजिप्टमा कैदी आदानप्रदान र सीमा नाकाहरू पुनः खोल्ने र गाजामा सहायता प्रवेश गर्ने योजना सहितको वार्तापछि युद्धविराम भएको हो । सम्झौता अन्तर्गत, इजरायलले लडाईं रोक्ने र गाजा पट्टीबाट फिर्ता हुने अपेक्षा गरिएको छ । जबकि हमासले लगभग २,००० प्यालेस्टिनी कैदी एवम बन्धकहरूलाई रिहा गर्नेछ ।– सीसीटीभीप्लस

Photo-(25)-(1)-1760261690.jpg
 

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  १५:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार