जेनजीहरूको बीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुँदै छ : मन्त्री पुन

आइतबार, असोज २६, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गरेर फाईदा नभई धेरै नोक्सान हुने भन्दै गुटबन्दी र खुट्टा तानातान नगर्न जेनजी पुस्तालाई आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले अहिलेको परिप्रेक्षमा देश विकास र सार्वभौम सत्ताको रक्षाको लागि गुटबन्दी नगर्न जेन–जी पुस्तालाई आग्रह गरेका हुन् । उनले लेखेका छन् ,‘राष्ट्रिय हितका लागि गुटबन्दी र खुट्टा तानातान गरेर फाईदा होइन नि झनै धेरै नोक्सान हुन्छ । त्यसैले अहिलेको परिप्रेक्षमा देश विकास र सार्वभौम सत्ताको रक्षाको लागि गुटबन्दी नगरौं भन्ने मेरो अनुरोध जेन–जी सहित सम्पूर्ण राष्ट्रलाई माया गर्ने नेपालीहरूलाई अनुरोध छ । गुटबन्दी र खुट्टा तानातान गरूयो भने कसलाई फाईदा हुने रहेछ भन्ने कुरा तलको इतिहासको पाना बाट पनि सिकौं ।’ उनले जेनजीहरूमा देशमा सुशासन ल्याउने र भ्रष्टाचार निर्मुल पार्ने चाहना भएको भन्दै त्यो चाहाना पूरा गर्न जेनजीहरू भित्रकै एकता आवश्यक रहेको बताए । जेनजीहरूको बीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी भएको उनको भनाई छ ।  ‘तपाईहरू भनेको एउटा निश्चित उमेरको युवाहरूको समुह हो । तपाईहरूको राजनीतिक संगठन छैन । तपाईंहरूले देशमा सुशासन ल्याउन चाहनु हुन्छ र भ्रष्टाचार निर्मुल पार्न चाहनु हुन्छ । अनि तपाईहरूले नेपाललाई एउटा समृद्ध देश बनाउने सपना देख्नु भएको छ । यो सपना पूरा गर्नको लागि तपाईंहरूमा एकताको अत्यन्तै खाँचो देखेको छु । किन भने तपाइहरू बीचमा पनि गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हँुदैछ । मातृभुमिको अस्तित्वको लागि म विनम्र अनुरोध गर्दछु की नेपालमा गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहर्‍याउनु होस्’, उनले भनेका छन् ।

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  ०९:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार