श्रीपुरमा विद्युत् सर्टबाट आगलागी हुँदा एक घर पूर्ण रूपमा नष्ट, करिब २६ लाखको क्षति

आइतबार, असोज २६, २०८२

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–५ श्रीपुरमा भएको आगलागीले एक परिवारको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार साँझ करिब साढे ६ बजे विद्युत् सर्ट हुँदा स्थानीय शेर घिसिङको टायलको छानो भएको एकतले घरमा आगलागी भएको हो । प्रहरी प्रवक्ता पुष्कर बोगटीका अनुसार आगलागीका कारण घरमा रहेको खाद्यान्न, लत्ताकपडा, नगदसहित झण्डै २६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीयवासी र प्रहरीको सहयोगमा करिब ३५ मिनेटको प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो। घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । विद्युत् सट भई भएको आगलागीको थप विवरण र क्षतिको पूर्ण मूल्याङ्कन कार्य भइरहेको जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  ०९:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार