बारामा माटोको ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु, दश जना घाईते

शनिबार, असोज २५, २०८२

सर्लाही । बारामा छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा पुरिँदा एक जना महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । जिल्लाको सिम्रौनगढ नगरपालिका – ५ की ६५ वर्षीया शरदा देवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको माटोको ढिस्को खन्ने क्रममा बिहान उनीहरु पुरिएका हुन्। घटनामा अन्य १० जना सामान्य घाइते भएका छन् भने गम्भीर घाइतेहरूको नाम खुल्न बाँकी छ । सबै घाइतेलाई उपचारका लागि प्रदेशिक अस्पताल कलैयामा भर्ना गरिएको प्रहरीले जनाएको छ। घटनापछि सशस्त्र प्रहरी र जनपथ प्रहरीले तत्काल उद्धारकार्य सञ्चालन गरी घाइतेहरूलाई अस्पताल पुर्‍याएका थिए ।

Photo-(3)-(9)-1760162462.jpg
 

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  ११:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार