क्षतिग्रस्त वीपी राजमार्ग जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउन निर्देशन

बिहीबार, असोज २३, २०८२

काठमाडौं । बाढीपहिरोले क्षतिग्रस्त बनाएको वीपी राजमार्गलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउने गरी काम गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सडक विभाग र निर्माण व्यवसायीलाई आग्रह गरेका छन् ।  बिहीबार वीपी राजमार्गको अनुगमनमा गएका उनले संघीय राजधानी काठमाडौंसँग बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरूलाई जोड्ने लाइफ लाइन सडकलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउने गरी काम गर्न आग्रह गरेका हुन् ।  सडक अनुगनमा मन्त्री घिसिङसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीलगायतको टोली छन् ।   गत वर्षको बाढीले वीपी राजमार्गको भकुण्डे—नेपालथोक खण्ड क्षति पुर्‍याएको थियो । उक्त सडक खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गरिएकोमा पुनः यस वर्षको बाढीले करिब चार किलोमिटर सडक पूर्णरुपमा बगाएको थियो ।  गत वर्षको बाढीले क्षति पुर्‍याएको सडक स्थायी रुपमा निर्माण गर्नका लागि केही खण्डको ठेक्का लगाइसकेको छ भने केही खण्डको ठेक्का सम्झौता गर्ने अन्तिम प्रक्रियामा रहेको छ । 

Photo1-1759990195.jpg
 

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  ११:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार