Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

सुनचाँदीको मूल्य हालसम्मकै उच्च 

बुधबार, असोज २२, २०८२

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघलका अनुसार आज सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्यले दिनकै नयाँ मूल्य कायम गरिरहेको छ । आज चाँदीको मूल्य भने घटेको छ । हिजो प्रतितोला २ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज २ हजार ९ सय ५५ सयमा कारोबार भईरहेको  महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  ११:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार