Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

सुनचाँदीको मूल्य हालसम्मकै उच्च 

मंगलबार, असोज २१, २०८२

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघलका अनुसार आज सुन प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २ लाख ३३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्यले दिनकै नयाँ मूल्य कायम गरिरहेको छ । आज चाँदी भने अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ । प्रतितोला २ हजार ९ सय ६० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।
 

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  ११:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार