महोत्तरीको खयरमारामा यात्रु बाहक बस दुर्घटना

शुक्रबार, असोज १७, २०८२

जनकपुर । महोत्तरीको खयरमारामा यात्रु बाहक बस दुर्घटना भएको छ । दुर्घटनामा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय  चुल्हाइ चौधरी रहेका छन् ।   घारीबथानबाट खैरमारा हँुदै काठमाडौं जानलागेको ना६ख १४६४ नम्बरको बस दुर्घटना हुदा पैदल यात्रुको घटना स्थलमा मृत्यु भएको र दुर्घटनामा २० जना भन्दा बढी बसमा सवार यात्रु घाइते भएको महोत्तरी प्रहरीले जनाएको छ । घाइते भएकाहरुमध्ये केहिको अवस्था गम्भिर रहेकोे छ । दुर्घटनास्थलमा प्रहरी पुगेको छ । स्थानीयको सहयोगमा घाइतेहरुलाई उद्धार गरी अस्पताल पठाउने कार्य भइरहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज १७, २०८२  १६:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार