बाजुराको बुढीगङ्गाका गरिब तथा विपन्न घरपरिवारलाई खाद्यान्न वितरण

मंगलबार, असोज १४, २०८२

बाजुरा । बाजुराको बुढीगङ्गाका नगरपालिकाका गरिब तथा विपन्न घरपरिवारलाई खाद्यान वितरण गरिएको छ । नगरपालिकाको वडा नम्बर २ र ३ मा बसोबास गर्दै आएका १४ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको हो । दशैं तिहारलाई लक्षित गर्दै गरिब तथा विपन्न घरपरिवारलाई खाद्यान सामाग्री वितरण गरिएको सामाजिक अभियान्ता रिता शाहीले बताएकी छन् । उनका अनुसार, नेपाल भारत मैत्री सङ्घको आर्थिक सहयोगमा खाद्यान्न सामाग्री वितरण गरिएको बताएकी हुन् । खाद्यान्न वितरणले गरिब, विपन्न घरपरिवारलाई दसैं तिहार मनाउन सहज हुने शाहीले बताईन् । प्रत्येक घरपरिवारलाई चामल, दाल, नुन, तेल, चिनी, सरव, सावुन, त्रिपाल, बल्याङकेट वितरण गरिएको सामाजिक अभियान्ता शाहीको भनाइ छ ।  काठमाडौ निवासी समाजसेवी मिङ्मा दोर्जे शेर्पाको आर्थिक सहयोगमा सदरमुकाम मार्तडीदेखि गाउँसम्म ढुवानी गरेर उक्त सामाग्री वितरण गरिएको हो । सामाजिक अभियान्ता रिता शाहीको समन्वय, सहकार्य तथा पहलमा बाजुराका दुर–दराजका गरिव तथा विपन्न घरपरिवार, विद्यार्थी लगायतलाई सहयोग गरिदै आएको छ ।  बाजुराका ९ वटै स्थानीय तहका गाउँ बस्तीमा पुगेर शाहीले गरिव तथा विपन्न घरपरिवारलाई हरेक समय विभिन्न सामाग्रीहरू वितरण गरिरहनु भएको छ । यहाँका बाढीपहिरो पीडितहरूलाई पनि शाहीकै समन्वयमा सहयोग गरिँदै आएको छ । शाही विगत लामो समयदेखि बाजुराका बिपन्न घरपरिवारको साहारा बन्दै आएकी छन् । 
 

प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२  १४:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार