सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानको पालना, संरक्षण र कार्यान्वयनका लागि थप प्रतिबद्धताका साथ सबै पक्षले संयम, संवाद र सहकार्यको मार्ग अँगाल्नुपर्ने बताएका छन् । विजया दशमीको अवसरमा आज शुभकामना व्यक्त गर्दै संविधानले सुनिश्चित गरेका अधिकारहरू, नागरिक स्वतन्त्रता र समावेशी प्रतिनिधित्वप्रति जनताको अपेक्षा थप प्रगाढ बनाउन विजया दशमीले उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका हुन् । उनले भनेका छन्, ’विजया दशमीले हामीलाई असत्य, अन्याय र समाजमा बढ्दो ध्रुवीकरण/विभाजनको विरुद्धमा एकजुट हुन प्रेरित गर्ने विश्वास लिएको छु । यो पर्वले हामी सबैमा आत्मशुद्धि, सामाजिक उत्तरदायित्व र राष्ट्रिय एकताको भावना जागृत गराओस् । सत्य, सदाचार, सद्भाव, भाइचारा र सहिष्णुताको मार्गमा अग्रसर रहन हामी सबैलाई प्रेरणा मिलोस् ।’ यस पर्वले विगतका कटुताहरूलाई विस्मृत गर्दै एक–अर्कामा शुभेच्छा साटासाट गर्ने अवसर प्रदान गर्ने र सामाजिक सम्बन्धलाई अझ सुदृढ बनाउने उनको भनाइ छ ।