सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेका लागि तय भएको निर्वाचन सम्पन्न भएपछि संसद् र सरकारको निरन्तरता हुने भन्दै राजनीतिक दलहरुलाई सोही अनुरुपका गतिविधि गर्न अपिल गरेका छन् । नेपालीहरुको महान चाड बडादशैं २०८२ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन, तोकिएको निर्वाचन समयमै सम्पन्नक गरी जनप्रतिनिधि मुलक संसद र सरकारको निरन्तरताका लागि सबैलाई संयमित भई आवश्यक सहयोग र सहकार्य गरी मुलुकमा उत्पन्नि सबै प्रकृतिका समस्यहरूको हल गर्न तथा यस परिस्थितिबाट शीघ्र उन्मुक्ति प्राप्त गरी समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् ।’ गत भदौ २३ र २४ गते जेनजीले गरेको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले गत भदौ २७ गते प्रतिनिधि सभा विघटन गरेका थिए । प्रतिनिधि सभाको अर्को चुनाव आगामी फागुन २१ गतेका लागि तोकिएको छ । यो सन्दर्भमा राष्ट्रपति पौडेलले तोकिएको निर्वाचन समयमै सम्पन्न गरी जनप्रतिनिधि मुलक संसद र सरकारको निरन्तरताका लागि सबैलाई अपिल गरेका हुन् । राष्ट्रपति पौडेलले मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन् । मुलुकमा उत्पन्न भएको विषय तथा असाधारण परिस्थिति एवम् मानवीय क्षति तथा सरकारी, संस्थागत र निजी क्षेत्रमा भएको भौतिक तथा अन्य क्षतिलाई उपयुक्त व्यवस्थापन गरी अगाडि बढ्न सबैको सहयोग आवश्यक रहेको पनि राष्ट्रपति पौडेलले बताएका छन् । दशैं पर्वको संरक्षण एवम् सम्वर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने विश्वास उनको छ ।