सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । गृह मन्त्रालयले सभा, सम्मेलन, बैठक एवं विरोधका कार्यक्रम हिंसा नहुने गरी शान्तिपूर्ण ढंगले गर्न सुझाव दिएको छ । मन्त्रालयले शनिबार सार्वजनिक सूचना जारी गरी निर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको अवस्थामा अर्को पक्षलाई असर नपर्ने खालका कार्यक्रम गर्न आग्रह गरेको हो । ‘नेपालको राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणलगायतका माग राखी २०८२ भदौ २३ र २४ गते जेनजी (जेन–जेड) युवाहरूको अगुवाइमा भएको आन्दोलनपश्चात् नयाँ सरकार गठन भई आम निर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको छ। यस अवस्थामा सभा, सम्मेलन, बैठक एवं विरोधका कार्यक्रमहरू सञ्चालन गर्दा अहिंसात्मक हुने गरी शान्तिपूर्ण ढंगबाट अन्य पक्षलाई असर नपर्ने एवं उक्साहट नहुने गरी गर्नु भई समाजमा शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्नुहुन सबैमा अनुरोध गरिन्छ’, सूचना भनिएको छ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण कांग्रेस(एमाले गठबन्धनको सरकार ढलेपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्दै प्रतिनिधि सभा भंग गरिएको छ। नवनियुक्त प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते राति नै संसद् विघटन गरी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरेका हुन् ।