सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयमा ल्याएको तीन निकायलाई सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पुरानै अवस्थामा फर्काएको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकले राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राष्ट्रिय अनुसन्धान विभागलाई पुरानै अवस्थामा फर्काएको हो । मन्त्रिपरिषद्ले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई अर्थ मन्त्रालय र राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालयअन्तर्गत फकाइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जनाए । यी तीनवटै विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मातहतमा राखिएको थियो । २०७४ को निर्वाचनमा एमाले र माओवादीले करिब दुई तिहाइ बहुमत ल्याएपछि प्रधानमन्त्री बनेका ओलीले यी तीन महत्वपूर्ण विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएर केन्द्रिकृत गरेका थिए । तत्कालीन प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालयमा शक्ति एकत्रित गर्ने प्रयासस्वरुप १६ फागुन २०७५ मा यी विभागहरूलाई आफूमातहत ल्याएका थिए । गृह मन्त्रालयअन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग गरी तीनवटा सुरक्षा अंग रहेकोमा विभाग प्रधानमन्त्री कार्यालय मातहत गएपछि सुरक्षा समन्वयमा ठूलो कमजोरी रहको गुनासो आएको थियो ।