सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भदौ २४ गतेको जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएको आगजनी तथा तोडफोडपछि नेताहरूका घरमा ठूलो मात्रामा भेटिएका नोटबारे छानबिन सुरु भएको जानकारी दिएकी छन् । राष्ट्रका नाममा बिहीबार साँझ सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले नोटबारे छानविन सुरु भएको जानकारी दिएकी हुन् । ‘प्रदर्शनका क्रममा व्यक्तिका निजी घर तोडफोड र आगजनी हुँदा अस्वाभाविक रूपमा देखिएका नगद रकमका सन्दर्भमा सरकारका सम्बद्ध निकायले छानबिनको कारबाही सुरु गरिसकेको छ,’ उनले भनिन् । जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, तत्कालीन ऊर्जामन्त्री दीपक खड्कालगायतको घरमा जलेका नोटहरू भेटिएका दृश्य सामाजिक सञ्जालमा देखिएका थिए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ती नोटहरू संकलन गरी अनुसन्धान सुरु गरेको हो ।