सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नभएसम्म देशमा राजनीतिक स्थिरता नहुने बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनका बोल्दै उनले राजनीतिक लोकतान्त्रिक स्थिरताको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्ने बताएका हुन् । देशमा स्थिरता नभएसम्म सुशासन र समृद्धि नहुने भन्दै भने, ‘लोकतान्त्रिक स्थिरताको निम्ति शासकीय प्रणालीमा समय अनुसार सुधार गर्नैपर्छ । त्यो भनेको प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नै हो । प्रधानमन्त्री भन्ने वहस पनि छ तर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा नगएसम्म देशमा राजनीतिक स्थिरता हुँदैन’, उनले भने, ‘नत्र यिनै भ्रष्ट्रहरू विभिन्न ढङगले चलखेल गरी फेरि सत्तामा आउने र तपाईहरूको बलिदान खेर जाने खतरा रहन्छ ।’ डा. भट्टराईले निर्वाचन गर्नुपूर्व नै व्यवस्थामा केही सुधार हुनपर्ने भन्दै निर्वाचन प्रणालीमा नै क्रुटि रहेको धारणा राखे । ‘अहिले हामीले व्यवस्था नै बदल्न खोजेको त हैन तर व्यवस्थामा केही महत्वपूर्ण सुधार गरेर जुन यस्ता भ्रष्ट्रहरू त्यहाँबाट जन्मिए फेरि भ्रष्टहरू जन्मन नपाउन् र तपाईहरू आफैं त्यो सत्ताले भ्रष्ट नपावस् भन्नको निम्त केही सुधार गरेर मात्र निर्वाचनमा जानुपर्छ’, उनले थप अगाडि भने, ‘खासगरी निर्वाचन प्रणालीका जुन त्रुटि छ मैले संविधान बनाउने बेला यो संविधान आधा गिलास भरी, आधि खाली छ भनेको थिएँ । किनकी यसको शासकीय त्रुटि छ त्यसले गर्दा कसैलाई बहुमत ल्याउन दिँदैन । कुनै पनि सरकार पाचँ वर्ष टिक्न दिँदैन ।’ उनले सरकारसँग वार्ता गरेर निर्वाचन हुनु अगाडि नै भ्रष्टाचारीहरूलाई कारवाही गर्न छानविन आयोग बनाउनुपर्ने बताए ।