एक हजार ७ सयले रुपैयाँले घट्यो सुनको मूल्य 

बिहीबार, असोज ९, २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला तोलाको एक हजार ७ सयले घटेको हो ।  बिहिबार छापावाल सुन तोलाको २ लाख २१ हजार ३ सयमा कारोबार भइरहेको छ । हिजो बुधबार सुन तोलाको २ लाख २३ हजारमा कारोबार भएको थियो ।  त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको १५ रुपैयाँले घटेर दुई हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको दुई हजार ७ सयमा कारोबार भएको थियो । 

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  ११:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार