कारागार फर्किएका टोपबहादुर रायमाझीलाई सारियो डिल्लीबजार

मंगलबार, असोज ७, २०८२

काठमाडौं । जेनजी पुस्ताको प्रदर्शनका बेला काराबारबाट भागेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी कारागार फर्किएका छन् । भदौ २४ गते जेनजीको आन्दोलनपछि रायमाझी सुनधारा कारागारबाट अन्य कैदीबन्दीसँगै भागेका थिए । तर, उनी सोमबार साँझ आफैँ कारागार पुगेका हुन् ।  यसअघि सुनधारा कारागारमा रहेका रायमाझीलाई कारागारसमेत सरुवा गरिएको छ । उनलाई डिल्ली बजार कारागार पठाइएको चापागाइँले बताए । डिल्लीबजार कारागारका धेरै कैदीबन्दी सुन्धारा कारागार राखिएको छ। यसअघि भदौ २५ गते डिल्लीबजार कारागारमा आगो लगाएर कैदीबन्दी भाग्ने प्रयास गरेपछि जेलबाहिरबाट नेपाली सेनाले फर्काएको थियो । फर्काइएकाहरूलाई सुन्धारामा राखेपछि रायमाझीलाई भने डिल्लीबजार लगिएको हो । जेलबाट बाहिर निस्किएपछि रायमाझीले अवस्था सामान्य भएपछि आफैँ उपस्थित हुने भन्दै फोन गरेका थिए । अन्य कैदीबन्दी पनि कोही आफैँ र कसैलाई पक्राउ गर्दै फर्काउने काम भइरहेको छ ।  देशका २७ वटा कारागारमा १४ हजार ५५५ जना कैदीबन्दी फरार भएका थिए । ती मध्ये ६ हजार ९८४ जना फिर्ता भइसकेका छन् । अझै ७ हजार ५७१ जना कैदीबन्दी भागिरहेका छन्। केन्द्रीय कारागार सुन्धाराबाट ३ हजार ५२३ जना कैदीबन्दी फरार भएका थिए ।

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १३:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार