गृहसहित ३ सचिवको सरुवा, गृहको जिम्मा रामेश्वर दंगाललाई

मंगलबार, असोज ७, २०८२

काठमाडौं । सरकारले ३ जना सचिवको सरुवा गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत ३ सचिवको सरुवा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई गृह सचिवको जिम्मेवारी दिइएको छ भने त्यहाँ कार्यरत सचिव गोकर्णमणी दुवाडीलाई राष्ट्रिय योजना आयोगको सचिवको जिम्मेवारीमा सरुवा गरेको छ । दुवाडीले तत्कालिन गृहमन्त्री रमेश लेखक जिम्मेवारीमा आइसकेपछि राष्ट्रिय तथ्यांक कार्यालयबाट सरुवा गरेर मन्त्रालयको सचिवको जिम्मेवारी पाएका थिए । दुवाडी करिव २ महिनापछि आागमी मंसिर १० मा ५ वर्षे सचिवको कार्यकाल पुरा गरेर अनिवार्य अवकाशमा जादैँछन्।
 

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १३:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार